समाचारशनिबार, बैशाख १९, २०७२
महाभूकम्पमा ज्यान गुमाउने परिवारलाई ४० हजार दिन थालियाे
सरकारले महाभूकम्पमा ज्यान गुमाउनेकाे परिवारलाई क्रिया खर्चबापतकाे ४० हजार दिन थालेकाे छ ।
१२ वैशाखकाे महाभूकम्मा ज्यान गुमाउनेकाे परिवारलाई सरकारले काठमाडाैंबाट क्रियाखर्चबापत प्रतिव्यक्ति रु ४० हजारका दरले वितरण कार्य सुरु गरेको हाे ।
सरकारले ज्यान गुमाउनेकाे परिवारलाई क्रिया खर्चसहित एक लाख ४० हजारका दरले दिने निर्णय गरेकाे छ । अहिलेसम्म महाभूकम्पमा परी ६८४१ जनाकाे मृत्यु भइसकेकाे छ ।
