समाचारशनिबार, बैशाख १९, २०७२
प्रधानमन्त्री काेइरालाद्वारा भारतीय सरकारकाे प्रशंसा
प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा गएकाे महाभूकम्पमा पुर्याएकाे सहयाेगप्रति भारतीय सरकारकाे प्रशंसा गरेका छन् ।
भारतीय जनता पार्टीका नेता भगतसिंह खोसियारीसँगकाे भेटमा उनले उद्दार र राहतमा सहयाेग गरेकाे भन्दै प्रशंसा गरेका हुन् । खाेसियारी र प्रधानमन्त्रीबीच प्रधानमन्त्री निबास बालुवाटारमा भेट भएकाे थियाे ।
प्रधानमन्त्री काेइरालाले भारतीय सरकारले अव पुनःनिर्माणमा पनि सहयाेग पाउने अाशा राखे । भेटमा नेता खाेसियारीले नेपालीलाई परेकाे पीडाप्रति दुःख व्यक्त गरेका थिए ।
