समाचारआइतबार, बैशाख २०, २०७२
‘काठमाडौं एयरपोर्टको रनवेमा समस्या छैन’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग (रनवे) मा कुनै समस्या नरहेको विमानस्थल सुरक्षामा खटिएका डिआइजी विजयलाल कायस्थले बताएका छन् ।
विमानस्थलमा आयल निगमको ट्याङ्की भएको स्थान नजिकै परेको सानो चिरालाई लिएर विमानको उडान र अवतरणमा अवरोध पुगेको प्रचार हुनु गलत रहेको नागरिक उड्डयन प्राधिकरणका पूर्व परियोजना निर्देशक प्रेमराज लोहनीले बताए ।
सो चिराका कारण विमानका नियमित उडानहरुमा कुनै समस्या नआएको लोहनीको भनाई छ । “भर्खरै
थाइ एयरले यहाँबाट टेकअफ गरेको छ, अन्य सेड्युल्ड र चार्टर फ्लाइटहरु पनि सुचारु नै छन्, खै कसले किन गलत हल्ला फैलाएछ,” लोहनीले भने ।
डिआइजी कायस्थले पनि विमानस्थलमा सबै अन्तर्राष्ट्रिय र घरेलु उडानहरु सुचारु रहेको जानकारी दिए ।
*सच्याइएको
