समाचारसोमबार, बैशाख २१, २०७२

पर्साबाट ११४ ट्रक राहत सामाग्री प्रभावित जिल्लामा

हिमालखबर

भूकम्प पिडितहरुको सहयोगका लागि पर्साबाट आइतबारसम्म ११४ ट्रक राहत सामाग्री प्रभावित जिल्लामा पठाईएको छ ।

rungta-1भूकम्प प्रभावित जिल्लाका पीडितहरुका लागि पर्साका विभिन्न संघ संस्थाले संकलन गरेको राहत प्रभावित जिल्लामा पठाईएको जिल्ला दैवी विपद व्यवस्थापन समन्वय समिति पर्साका संयोजक प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।

त्यस्तै भारतबाट वीरगञ्ज हुँदै आएका ६७ ट्रक र वीरगञ्ज उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ संस्थाले संकलन गरेको ४७ ट्रक राहत सामाग्री प्रभावित जिल्लामा पठाईएको उनले बताए ।

“संघ संस्थाहरुले संकलन गरेका सबै सामाग्रीको मूल्य उल्लेख नगरेकोले यकिन तथ्याङक त हामीसँग छैन, हाम्रो अनुमान करिब ५ करोड मुल्य बराबरको भन्ने हो,” प्रजिअ घिमिरेले भने ।

राहत सामाग्रीमा धेरै माग भएको त्रिपाल १७ हजार २ सय थान, कम्बल चाउचाउ विष्कुट लगायतका तयारी खानेकुरा, चिउरा, पानी लगायत अत्यावश्यकीय सामाग्री  रहेको उनले जानकारी दिए ।

राहत भित्र्याउन भन्सारमा विशेष व्यवस्था

राहत सामाग्रीलाई नेपालमा छिटो भित्र्याएर प्रभावित क्षेत्रमा पुर्‍याउन भन्सारमा विशेष व्यवस्था गरिएको छ ।

भारत सरकारसँगको समन्वयमा राहत सामाग्री छिटो छरितो रुपमा भित्र्याएर चाँडै प्रभावित क्षेत्रमा पु¥याउन विशेष व्यवस्था मिलाईएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।

उनले भने ‘ दिल्लीबाट आएको राहत सामाग्री सिधै सुख्खा बन्दरगाह (ड्राईपोर्ट) मा खसाल्ने र ट्रकमा हालेर प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाएका छौं ।’

ड्राईपोर्टबाट बिहार सरकारले व्यवस्था गरिदिएको सवारीमा प्रभावित क्षेत्रमा राहत लैजान मिल्ने गरी सहमति भएको उनले जानकारी दिए ।

यसले गर्दा पटक पटक लोड अनलोड गर्न नपर्ने भएकोले राहत सामाग्री प्रभावित क्षेत्रमा पु¥याउन सहज हुने उनको दावी छ ।

यसअघि रेलमा रक्सौलमा आएको सामाग्री ट्रकमा ल्याएर नेपालमा छोड्ने र नेपालमा फेरि लोड गरेर प्रभावित क्षेत्रमा पठाउने गरिएको थियो । आईतबार दिल्लीबाट आएका ७ ट्रक सामाग्री ड्राईपोर्टबाट प्रभावित क्षेत्रमा पठाईएको उनले जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>