समाचारसोमबार, बैशाख २१, २०७२

ममता बनर्जीले हस्तान्तरण गरिन् ३५ ट्रक राहत सामाग्री

हिमालखबर

mamta

शहरी विकास मन्त्री नारायण खड्का र भारत पश्चिम बंगालका मुख्यमन्त्री मन्त्री ममता बनर्जी । तस्वीर: गोपाल गडतौला

भूकम्प पीडितहरुका लागि भारतको पश्चिमबंगाल सरकारले  १ लाख थान त्रिपाल सहित खाद्य, औषधीसहितका सामग्री प्रदान गरेको छ ।

२१ बैशाख अपराह्न ४ बजे झापाको काकडभिट्टामा आयोजित कार्यक्रममा पश्चिमबंगालका मुख्य मन्त्री ममता बनर्जीले शहरी बिकास मन्त्रीनारायण खडकालाई ३५ ट्रक सामग्री हस्तान्तरण गरेकी छन् ।

उनले नेपालमाथि आइपरेको विपत्तिमा पश्चिमबंगाल सरकार साथ रहेको सम्झिन मन्त्री खडकालाई आग्रहगर्दै भबिष्यमा थप सहयोगबारे परामर्श गर्ने बताइन् ।

सहायता सामग्री प्राप्त भएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मन्त्री खडकाले पश्चिमबंगालबाट बिपद्को घडीमा प्राप्त सहयोगको सराहना गरे ।

सहायता सामग्री भरिएका माल बाहक ट्रक २१ बैशाख अपराह्न केन्द्रिय दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गर्न काठमाडौं पठाइएको छ ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>