समाचारमंगलबार, बैशाख २२, २०७२
फेसबुकमा भ्रामक प्रचार गर्ने पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषविरुद्धमा भ्रामक सन्देश राखेर नकारात्मक प्रचार गरेको अभियोगमा कर्मठ युवा नेपाल नामक संस्थाका विवेक राई प्रहरीको फन्दामा परेका छन् ।
महानगरीय अपराध महाशाखाका अनुसार समाजिक सञ्जाल फेसबुकमा नकारात्मक सन्देश लेखेर गलत प्रचार गरेकाले निजलाई पक्राउ गरिएको हो ।
उक्त महाशाखाको अनुसन्धान र समन्वयमा इलाका प्रहरी कार्यालय लेटाङले अभियुक्त राईलाई २१ वैशाखमा पक्राउ गरेको हो । उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइने महाशाखाले जनाएको छ । रासस
