समाचारमंगलबार, बैशाख २२, २०७२

४.३ म्याग्निच्यूडको अर्को पराकम्पन

हिमालखबर

आज अपराह्न ४ बजेर २३ मिनेट जाँदा सिन्धुपाल्चोक र दोलखाको सिमानालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडकाे भूकम्पको पराकम्पन गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अघिल्ला दिनका तुलनामा आज भूकम्पका धक्का कम महसुस भएको छ । २१ वैशाख एकै दिन चार रिक्टर स्केल माथिका नौ वटा भूकम्पका पराकम्प महसुस भएको थियो ।

२३ वैशाख विहान ६ः३९ बजे धादिङ र नुवाकोटको सिमाना भएर ४ म्याग्निच्यूडको भूकम्पन भएको थियो । यही १२ वैशाख यता चार म्याग्निच्यूड भन्दा माथिका १४३ वटा भूकम्पका परकम्प महसुस भएका केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

उनले भूकम्पका धक्का क्रमशः कम हुँदै गएका र छ रिक्टर स्केलभन्दा मुनिका कम्पनले कुनै असर नगर्ने बताउँदै सर्वसाधारणलाई नआत्तिन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>