समाचारबुधबार, बैशाख २३, २०७२

‘भारतीय जहाजबाट आजित भयौं’

हिमालखबर

भूकम्‍पको प्रभावबारे जानकारी लिन ११ दिनपछि गोरखा आइपुगेका प्रधानमन्त्री सुशील कोइरालासँग प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भारतीय हेलिकोप्टरले गर्दा घाइतेको उद्धार तथा राहत सामग्री ढुवानी गर्न समस्या परेको गुनासो गरेका छन्।

१२ वैशाखमा गएकाे महाभूकम्पको केन्द्रबिन्दु रहेको गोरखा आइपुगेका प्रधानमन्त्रीसँग जिविसको सभाकक्षमा प्रजिअ अधिकारीले विपतका बेला उद्धार गर्न आएको भारतीय हेलिकोप्टरले मनोमानी उडान गर्दा काम अव्यवस्थित भएको बताएका थिए।

‘प्रधानमन्त्रीलाई म के अनुरोध गर्न चाहन्छु भने भारतीय हेलिकोप्टरले हामीसँग कत्ति पनि समन्वय गरेन’, तिमल्सेनाले भने, ‘यसले गर्दा हामीलाई काम गर्न समस्या भयो।’

साँझ सर्वपक्षीय बैठक गरेर भोलिपल्टका लागि घाइते र राहत सामग्री ओसार्न बनाएको तालिकाविपरीत भारतीय हेलिकोप्टरले उडान गर्दा काम अस्तव्यस्त भएको उनले प्रधानमन्त्रीसँग गुनासो गरे।

अन्नपूर्ण पाेस्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>