समाचारबुधबार, बैशाख २३, २०७२
महाभूकम्पपछि दलहरु एकै ठाउँमा
महाभूकम्पले ल्याएकाे महाबिपत्तिले सत्तारुढ र विपक्षी दलहरु एक ठाउँमा उभ्याएकाे छ ।
२४ वैशाखमा व्यवस्थापिका संसदको विशेष अधिवेशन बाेलाउन तयार भएका दलहरु भूकम्पबाट पुगेकाे क्षतिकाे पुनःनिर्माणमा पनि एक भएर लाग्ने देखिएका छन् ।
२२ वैशाखमा बसेकाे तीन दलकाे बैठकले भूकम्पबाट सिर्जित राष्ट्रिय विपत्तिको घडीमा जनसहयोग तथा पुनःस्थापनाको साथै भौतिक संरचनाको पुनः निर्माणबारे व्यवस्थापिका संसद्को आगामी बैठकमा प्रस्तुत गर्ने सङ्कल्प प्रस्तावकाे तयारीमा जुटेका छन् ।
साेही अनुसार तीन दलका प्रमुखहरु २३ वैशाख विहानै प्रभावित क्षेत्रकाे अनुगमनमा एउटै हेलीकाेप्टरमा निस्किएका छन् । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील काेइराला, नेकपा एमालेका अध्यक्ष केपी अाेली र एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहाल अनुगमनमा निस्किएका हुन् ।
अाज दिउँसाे ४ बजे पुनः दलहरुबीच बैठक बसी राष्ट्रिय संकल्पकाे कार्यक्रम तय गर्ने तयारी भइरहेकाे छ । संसद्काे विशेष अधिवेशन अागामी २४ वैशाख दिउँसाे ३ बजे बस्दैछ ।
