समाचारबुधबार, बैशाख २३, २०७२

भूकम्पको धक्का कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै

हिमालखबर

१२ वैशाखमा गएकाे महाभूकम्पकाे पराकम्पन कम हुँदै गएपछि जनजीवन पनि सामान्य हुँदै गएको छ ।

२२ वैशाखमा चार म्याग्निच्युड भन्दा माथिका तीन भूकम्प गएको थियो भने अहिले बिहान भूकम्प नगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

१२ वैशाखदेखि हालसम्म चार म्याग्निच्युड भन्दा माथिका १४५ वटा भूकम्पको धक्का महसुस गरिएको र क्रमशः भूकम्पको धक्का कम हुँदै गइरहेकोे केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

छ म्याग्निच्युड भन्दामुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था नभएको र ठूलो रेक्टर स्केलको भूकम्प आएको हुनाले ससाना धक्का महिनाै‌सम्म जान सक्ने विज्ञहरुको भनाइ छ ।

केन्द्रका प्रमुख अधिकारीले ठूलो भूकम्प गएपछि स–साना भूकम्प गइरहँदा ठूलो भूकम्प जान नपाउने हुनाले साना भूकम्प गइरहँदा राम्रो हुने र यसले कुनै असर नगर्ने बताए ।

भूकम्पको धक्का कम हुँदै जाँदा उपत्यकाको जनजीवन पनि सामान्य बन्दै गएको छ । इन्जिनियरको सल्लाहमा बस्न मिल्ने घरमा सर्वसाधारण बस्न थालेका छन् भने बस्न नमिल्ने घरमा वैकल्पिक व्यवस्थाको खोजीमा लागेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>