समाचारबुधबार, बैशाख २३, २०७२

बंगलादेशबाट सडकमार्ग हुँदै भित्रियो राहतको पहिलो खेप

हिमालखबर

truck

तस्वीर: कृष्ण सिन्जाली

बंगलादेशबाट ३ सय मेट्रिक टन चामल बोकेर १२ वटा ट्रक काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका छन् ।

भूकम्प पीडितका लागि राहत स्वरूप बंगलादेश सरकारले सडकमार्गबाट पठाएको यो पहिलो चरणको राहत सामाग्री हो ।

बंगलादेशले १० हजार मेट्रिक टन चामल सहित ५ हजार कार्टुन पिउने पानी नेपाललाई सहयोग गर्ने बंगलादेश राजदूतावासका संयोजक साइरस कामरुलले जानकारी दिए ।

झापाका साहयक सिडियो रोहित पोखरेलले नेपाल सरकारका तर्फबाट २३ वैशाखमा उक्त सामाग्री बुझेका थिए ।

भोलि एक सय ट्रक चामल आउदै छ । भारतसँग समेत समझदारी गरी बंगलादेशका सवारी साधन भारत हुँदै नेपाल भित्रिएका हुन् ।

कृष्ण सिन्जाली, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>