समाचारबिहीबार, बैशाख २४, २०७२
भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७,७५९ पुग्यो
१२ वैशाखमा गएको भूकम्पमा परी अहिलेसम्म ७ हजार ७५९ जनाको ज्यान गएको छ ।
गृहमन्त्रालयले केही बेरअघि उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ४३२ पुगेको छ ।
हालसम्म मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा सबैभन्दा धेरै २ हजार ९९१ पुगेको छ भने काठमाडौंमा १ हजार २१० पुगेको छ ।
भूकम्पका कारण १० हजार ७९० सरकारी घर तथा भवन पूर्ण रुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार ९९७ घर तथा भवन क्षति भएका छन् ।
सर्वसाधारणका २ लाख ८८ हजार ७९८ घर पूर्ण क्षति भएका छन् भने आंशिक २ लाख ५४ हजार ११२ घर क्षति भएको मन्त्रालयले जनाएको छ ।
