समाचारबिहीबार, बैशाख २४, २०७२

ताप्लेजुङ जीप दुर्घट्नाः मृतक सबैको सनाखत

हिमालखबर

ताप्लेजुङको थेचम्वुवाट सदरमुकाम फुङलिङका लागि हिडेको ना १ ज ५७२८ नम्वरको ल्याण्डरोभर जीप २४ वैशाख विहान दुर्घट्ना हुदा ६ जनाको घट्नास्थलमै मृत्यु भएको छ ।

फुङलिङ नगरपालिका–८ को ल्याङवा भीरमा खसेको उक्त यात्रुवाहक जीप दुर्घट्ना हुँदा मृत्यु  हुनेमा दुर्घटनामा परी ताप्लेजुङ थेचम्बुका २३ वर्षीय सागर लिम्बू, ताप्लेजुङ नगरपालिकाकी ३४ वर्षीया भीममाया कटुवाल, २८ वर्षीया निर्मला गुरागार्इं, ३० वर्षीय विकास सुनवार, नगरपालिका–४ बस्ने ६२ वर्षीया रतन्कला सुब्बा र डुम्रिसे बस्ने ३१ वर्षीय शरण लिम्बू छन् ।

जीपमा चालक र सहचालक सहित १७ जना सवार थिए । बाँँकी ११ जना घाइते भएका छन ।

जिल्ला अस्पतालमा उपचार भइरहेका घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेकाले अन्यत्र पठाउने
तयारी भइरहेको वताइएको छ ।
लक्ष्मी गौतम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>