समाचारबिहीबार, बैशाख २४, २०७२

युवा संघले अस्थायी टहरा बनाइदिने

हिमालखबर

y

सिन्पाल्चाेककाे भाेटेचाैंर ज्याेतिषगाउँमा अस्थायी टहरा बनाइदै एमाले नेता शेरबहादुर तामाङ, युवा संघकी अध्यक्ष निरुदेवी पाललगायत ।

युवा संघ नेपालले महाभूकम्प पीडितलाई अस्थायी टहरा बनाइदिन थालेको छ ।

अस्थायी टहरा बनाउने मान्छे नभएका, गरीब परिवार र असाहयलाई अस्थायी टहरा बनाउने दिन थालेको संघकी अध्यक्ष निरुदेवी पालले बताइन् । अति प्रभावित जिल्ला सिन्धुपाल्चोकबाट टहरा बनाइदिन थालेको उनले बताइन् ।

युवा संघले बर्षायाम काट्नेगरी स्थानीय स्रोतसाधनबाट अस्थायी टहरा बनाइदिने भएको छ । संघकी अध्यक्ष पालले भनिन्, ‘‘सरकारले पाल समेत पुर्‍याउन नसकेको र पुगेको पालले पनि बर्षा काट्न गाह्रो हुने देखिएकाले एउटा जिल्लामा कम्तिमा २०० घर बनाइदिन्छौं ।’’

उनले सिन्धुपाल्चोकमा मात्रै दुई सय युवा संघका कार्यकर्ता अस्थायी टहरा बनाउन जुटेको बताइन् । पालले भनिन्, ‘‘जिल्ला तहमा रहेका युवा संघका कार्यकर्ताहरुलाई अस्थायी टहरा बनाइदिने अभियानमा जुट्न निर्देशन दिइएको छ ।’’

१२ वैशाखमा गएको महाभूकम्पबाट देशभरमा तीन लाख बढी घर भत्किएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>