समाचारबिहीबार, बैशाख २४, २०७२

विद्यालय सञ्चालन गर्न मन्त्रालयको आग्रह

हिमालखबर

शिक्षा मन्त्रालयले विनाशकारी भूकम्पबाट क्षति भएका विद्यालय सञ्चालन गर्न अाग्रह गरेकाे छ ।

१ जेठदेखि पूर्ण र आंशिक क्षति पुगेकाे कक्षाकोठाका सामग्रीको पुनः प्रयोग गरी वा स्थानीय रुपमा उपलब्ध हुने सामग्री जनशक्तिको परिचालन गरी विद्यालयमा अध्ययन अध्यापनको सुरुवात गर्ने वातावरण बनाउन सम्पूर्ण विद्यालयलाई आग्रह गरेको छ ।

अस्थायीरुपमा पठनपाठनको प्रक्रिया प्रारम्भ गर्न वा सिकाई केन्द्रको स्थापना गर्न आवश्यक पर्ने न्यूनतम स्रोतको व्यवस्था जिल्ला शिक्षा कार्यालयमार्फत क्षतिग्रस्त विद्यालयलाई तत्काल उपलब्ध गराइने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस कार्यमा विशेष भूमिका निर्वाह गर्न विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, शिक्षकका पेसागत सङ्घ÷संस्थाका पदाधिकारी, संस्थागत विद्यालयका संस्थापक सञ्चालकहरु, अभिभावक, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका सदस्य, समाजसेवी, सञ्चारकर्मी, उद्योगी, व्यापारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग आबद्ध सम्पूर्ण शिक्षाप्रेमीमा थप सहयोग, समन्वय र सहकार्यका लागि मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>