समाचारशुक्रबार, बैशाख २५, २०७२

उच्चस्तरीय प्रभावशाली संयन्त्र आवश्यकः गच्छदार

हिमालखबर

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पपीडित परिवारबीच राहत प्रदान गर्नेलगायत कार्यका लागि सबै राजनीतिक दल ऐक्यबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दैै उनले आजै संंसद्मा साझा सङ्कल्प प्रस्ताव प्रस्तुत हुने बताए। प्रस्तावको माध्यमबाट एउटा उच्चस्तरीय प्रभावशाली संयुक्त संयन्त्र गठन गरी त्यसलाई राहत वितरण, पुनःसंरचनालगायत कार्यको स्थलगत निरीक्षण र मूल्याङ्कनलगायत अधिकार प्रदान गर्नुपर्ने सुझाव उनले बताए ।

भूकम्पपीडित परिवारको उद्धार र राहत वितरणमा विदेशी मुलुकका साथै विभिन्न दातृनिकायको भूमिका प्रशंसनीय रहेको र प्राप्त सहयोगलाई व्यवस्थित ढङ्गले सदुपयोग गर्नुपर्नेमा सबै सजग हुनुपर्ने उनले बताए ।

दुर्गम क्षेत्रका कतिपय पीडित परिवारबीच अहिलेसम्म राहत नपुगेको उल्लेख गर्दै उहाँले वर्षायाम नजिकिएकाले घरवारविहीन परिवारलाई अविलम्ब जस्तापाता उपलब्ध गराउन सरकारसँग माग गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>