समाचारशनिबार, बैशाख २६, २०७२
मच्छिन्द्रनाथको भोटो भेटिएन, खोजी कार्य जारी
बुङ्मतीमा रहेको मच्छिन्द्रनाथको मन्दिर भत्किंदा मच्छिन्द्रनाथ देवताका गरगहना, गजुर र भोटोसमेत पुरिएको हुँदा निकाल्ने काम जारी छ ।
गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीका अनुसार अहिलेसम्ममा देवताको साना र ठूला गजुर, भिमसेनको मूर्ति, तामा र केही सुनको टुक्रा भेटीसकेको भएपनि मछिन्द्रनाथको आकषर्णको केन्द्र मानिने भोटो भने भेटिएको छैन् ।
भैरवनाथ र मच्छिन्द्रनाथको मन्दिर पुर्ण रुपमा भत्किएकाले देवताका धेरै सामानहरु पुरीएका छन् ती सबै सामानहरु निकाल्नको लागि अझै पाँच छ दिनको समय लाग्ने प्रमुख पुजारीले जानकारी दिए ।
यस वर्ष मच्छिन्द्रनाथको बाह्र वर्षको मेला वैशाख छ गते रथारोहण गरी शुरु भईसकेको थियो भूकम्पका कारण ९ गतेदेखि शुरु भएको रथ जात्रा समेत स्थगित भएको छ । रथ जात्रा कहिलेबाट सुरु हुने भन्ने एकिन भने भएको छैन ।
