समाचारशनिबार, बैशाख २६, २०७२

लाङटाङमा उद्धार रोकियो

हिमालखबर

लाङटाङमा थप हिमपहिरो आएकोले त्यहाँ सञ्चालित उद्धारको काम रोकिएको छ ।

नेपाली सेनाको खोज उद्धार टोलीले नौ विदेशीसहित ९० जनाको शव उत्खनन गरिसकेकोमा लाङटाङ हिमालमा हिमपहिरो गएकाले उद्धारको काम रोकिएको जिल्ला दैवीप्रकोप विपद् व्यवस्थापन समितिका सदस्यसचिव स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरले बताए ।

लाङटाङ पुगेका नेपाली सेनाका प्रमुख सेनानी अनुपजङ्ग थापाका अनुसार हिउँको पहिरो ठूलो परिमाणमा झरिरहेकाले हराइरहेका मानिस खोज्ने काम रोकिएको हो ।

पहिरो क्षेत्रमा १६० घर पुरिएको तथा करिब १८३ बासिन्दा, २० मजदुर, ८० पर्यटक र ४० पथप्रदर्शक हराएको अनुमान गरिएको स्थानीय बासिन्दा ङेरुप तामाङले बताए ।

नेपाली सेनाका १० सैनिक पनि सोही क्षेत्रमा हराइरहेको जनाइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>