समाचारशनिबार, बैशाख २६, २०७२

नेपाललाई हाइटीजस्ताे हुन दिन्नः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई हाइटीजस्तो राज्यविहीनताको अवस्थामा जान नदिने प्रतिबद्धता जनाएका छन् ।

बालुवाटारमा तनहुँ–काठमाडौँ लोकतान्त्रिक बुद्धिजीवी समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले यस्ताे प्रतिबद्धता जनाएका हुन् ।

“वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट आहत भएका जनतालाई सरकारविरुद्ध उचालेर नेपाललाई राज्यविहीनताको अवस्थामा पुर्‍याउन खोजिएको छ, मलाई केही लिनु छैन त्यसैले म पीडितलाई राहत दिने काममा दृढताका साथ लाग्दछु, गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कृत गर्न कुनै कञ्जुस्याईं बाँकी राख्दिन” उनले भने ।

सुरुका दिन सबै पीडामा भएकाले सरकारका काममा केही कमजोरी देखिए पनि पछि त्यसलाई सम्हालेर नियन्त्रणमा लिइएको प्रधानमन्त्री कोइरालाले बताए । विपतकाे घडीमा अनावश्यक हल्लाभन्दा पनि सहीरुपमा पीडितको सेवामा जुट्न उनले समाजको प्रतिनिधिमण्डललाई आग्रह गरे ।

समाजका संयोजक यदुनाथ खनालले तनहुँमा भूकम्पले चार हजार ९२७ घर पूर्ण रुपमा क्षति भएका, १५ हजार ९१८ घरमा बस्न नहुने गरी भत्किएका, १०० वटा विद्यालय र मठमन्दिर पूर्णरुपमा क्षति भएका, १३ वटा स्वास्थ्यचौकी र तीनवटा गाविस भवन पनि पूर्णरुपमा क्षति भएकाले जिल्लालाई अति प्रभावितको सूचीमा समावेश गरिनुपर्ने माग गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>