समाचारशनिबार, बैशाख २६, २०७२
नेपालमा गएका ठूला भूकम्प र क्षति
विज्ञहरूले काठमाडौंलाई संसारकै सबैभन्दा धेरै भूकम्पीय जोखिम भएको क्षेत्र भन्दै होशियार बनाएको बनायै थिए, तर अन्त्यहीन राजनीतिक गतिरोध र टुंगो नलाग्ने वार्ता श्रृंखलामा व्यस्त सरकारले त्यसको सामनाका लागि केही तयारी गरेन ।
अहिलेसम्म प्रकोप जोखिम व्यवस्थापन आयोग गठन सम्बन्धी विधेयक संसद्मै अलपत्र परेको छ। सरोकारवाला दुई मन्त्रालयबीच अधिकार क्षेत्रको द्वन्द्वका कारण प्रकोप जोखिम व्यवस्थापनको आकस्मिक योजना पनि बन्न सकेन ।
यसैबीच १२ वैशाख २०७२ मा आएको भूकम्पले ८ हजार नागरिकको मृत्यु भइसकेको छ र यो संख्या बढदैछ । अब राहत, उद्धारसँगै प्राकृतिक प्रकोप न्यूनिकरणका लागि पनि योजना बनाउन ढिलो गर्नु हुँदैन ।
नेपालमा आएका ठूला भूकम्पहरु:
सन् १२२५ : राजा अभय मल्लसहित काठमाडौंको एकतिहाइ जनसंख्या सखाप ।
सन् १४०८: हजारौंको मृत्यु, मच्छिन्द्रनाथ लगायत काठमाडौं उपत्यकाका अधिकांश मन्दिर र घर ध्वस्त ।
सन् १६८१: अधिकांश घर ध्वस्त, सयौंको मृत्यु ।
सन् १७६७: भूकम्पको केन्द्र र क्षति थाहा नभए नभएको ।
सन्१८०८ वा १८१०: भूकम्प आएको वर्ष एकिन छैन । भक्तपुमा ठूलो क्षति
सन्१८२३: काठमाडौंमा एकै दिनमा साना–ठूला १४ झट्का
२६ अगस्त १८३३: केन्द्र फाप्लु नजीक भएको ७.७ म्याग्निच्यूडको भूकम्प । ५०० भन्दा बढीको मृत्यु । कम्पन दिल्ली र कलकत्तासम्म ।
२३ मे १८६६: केन्द्र काठमाडौंको उत्तर, पूरै उपत्यका हल्लिए पनि ठूलो क्षति भएन ।
२८ अगस्त १९१६: केन्द्र पश्चिमी नेपालको अपी हिमाल नजीक । दार्चुला र भारतको कुमाउमा ठूलो क्षति ।
१५ जनवरी १९३४: केन्द्र तुम्लिङटार नजीक, ८.३ म्याग्निच्यूडको भूकम्पले काठमाडौंमा ८ हजारसहित १८ हजारको मृत्यु । राजा त्रिभूवनका दुई छोरीको पनि मृत्यु । कम्पन मुम्बईसम्म ।
२९ जुलाई १९८०: केन्द्र दार्चुला नजीक, ६.८ म्याग्निच्यूडको धक्का, करिब २०० को मृत्यु । काठमाडौंमा कम्पन महसुस ।
२१ अगस्त १९८८: केन्द्र उदयपुर, ६.८ म्याग्निच्यूड, नेपालभर ९०० को मृत्यु । बिहार र दिल्लीसम्म कम्पन ।
