समाचारशनिबार, बैशाख २६, २०७२

दुर्घटनामा पाँच जनाको मृत्यु

हिमालखबर

जिल्लाको शम्भुनाथ नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा २६ बैशाख दिउँसो भएको मोटरसाइकल दुर्घटनामा चार जनाको ज्यान गएको छ ।

दुई वटा मोटरसाइकल एकअर्कासँग ठोक्किँदा दुबैमा सवार चार जनाको मृत्यु भएको हो ।

पश्चिमबट पूर्वतर्फ जाँदै गरेको बा.६६प १०९१ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको को.१८प ८५५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बा.६६प १०९१ नम्बरको मोटरसाइकल चालक दोलखाको भिमेश्वर नगरपालिका–१० का २२ वर्षीय निमा तामाङ्ग र पछाडि सवार सुनसरीको इटहरी उप महानगरपालिका १ का १८ वर्षीय शरतकुमार मगरको मृत्यु भएको छ ।

त्यसैगरी अर्को को.१८प ८५५७ नम्बरको मोटरसाइकलका चालक बाराको गडहल–५ का २१ वर्षीय बैजु फौजदार तथा त्यही मोटरसाइकलमा सवार अर्का एकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सनाखत हुन सकेको छैन् ।

तिब्र गतिमा रहेका दुबै मोटरसाइकल एकअर्कासँग ठोक्किएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

दुर्घटना लगत्तै गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि लहान अस्पताल लगिएपनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसअघि सप्तरीकै कल्याणपुरस्थित पूर्व पश्चिम राजमार्गमा २५ बैशाख राति भएको मोटरसाइकल दुर्घटनामै एक जनाको ज्यान गएको छ ।

राति ११ बजेतिर रोकिरहेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ प ८८०३ नम्बरको मोटरसाईकल कल्याणपुर ३ स्थित राजमार्ग छेउमा पार्किङ गरी राखेको ट्याक्टरमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक उदयपुर हुडिया ४ का २१ वर्षीय भगवती प्रसाद चौधरीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

पछाडि सवार सप्तरीकै बकधुवा ३ का २२ वर्षीय कुशेश्वर चौधरी गम्भीर घाईते भएका छन् । उनको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

ट्याक्टर चालक र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>