समाचारशनिबार, बैशाख २६, २०७२

‘बारपाकमा एक गेडो चामल वितरण भएको छैन’

हिमालखबर

राष्ट्रिय मानव अधिकार आयोगले भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकमा हालसम्म खाद्यान्न वितरण नभएको जनाएको छ ।

भूकम्पपछि बारपाकको मानवीय सहायताको स्थिति र मानवअधिकारको अवस्था बुझेर फर्किएको आयोगको पाँच सदस्यीय टोलीले बारपाक गाउँमा ‘एक गेडो चामल’ वितरण नभएको पाइएको जनाएको हो ।

आयोगका सदस्य सुदीप पाठकले भने, “सदरमुकाममा ट्रकका ट्रक राहत थुप्रिएको हामी सबैले देख्यौं, तर अहिलेसम्म बारपाकबासीले राहत पाएका छैनन् ।”

बालबालिका, वृद्धवृद्धा तथा महिलामा घाँटी दुख्ने, झाडापखाला जस्ता समस्या देखिएको बताउँदै उनले बारपाकबासी सामान्य जीवनमा फर्कन नसकेको जानकारी दिए ।

अहिले बारपाकमा ६२ नेपाली सेना, आठ नेपाल प्रहरी, २२ सशस्त्र प्रहरी र ४० जना भारतीय सेनाको टोली राहत तथा उद्धारमा खटिइरहेको र भूकम्पबाट बारपाकका करिब एक हजार ४०० घर ध्वस्त भएको आयोगले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>