समाचारआइतबार, बैशाख २७, २०७२

विवाह सकेर फर्किएको बस दुर्घटना, बेहुलीका बुवासहित दुईको मृत्यु

हिमालखबर

Busगुलरिया–नेपालगञ्ज सडकखण्ड अन्तर्गत बर्दियाको मोहम्मदपुर–६ लालपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा विवाह सकेर बर्दिया फर्किदै गर्दा माइती पक्ष चढेको भे १ ख १४२८ बस मोहम्मदपुरमा दुर्घटना भएको हो । दुर्घटनामा बेहुलीका बुवा ५० वर्षीय महेश कुमार उपाध्याय र आफन्त ४२ वर्षीय षडानन्द पौडेलको मृत्यु भएको छ भने अन्य १७ जना घाईते भएका छन् ।

घाईते १७ जना मध्ये ८ जनाको नेपालगञ्जमा र बाँकीको जिल्ला अस्पताल गुलरियामा उपचार भईरहेको छ । दुई जनाको अवस्था गम्भीर रहेको बर्दिया प्रहरीले जनाएको छ ।

बस दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बसमा २५ जना सवार थिए ।

भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>