समाचारआइतबार, बैशाख २७, २०७२

नेपालीको पीडामा नर्वेलीको मलहम

हिमालखबर

भूकम्पप्रभावित काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा बसोबास गरेका एकल महिला तथा अन्य प्रभावित परिवारलाई नर्वेली राजदूतावासले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ ।

जिल्लाका नयाँगाउँ देउपुर र पाँचखाल नगरपालिकाको खावा गाउँका करिब एक हजार २०० घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेर भूकम्पले बनाएको पीडामा मलहम लगाउने काम गरिएको हो ।

राजदूतावासको सहयोगमा शान्ति न्याय लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल सङ्कल्प नेपालले उक्त खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो । वितरण गरिएका सामग्रीम डेक्ची, बाल्टिन, जग, चामल, दाल, चिनी, चियापत्ती, नुन, तेल, कपडालगायत रहेको सङ्कल्पका कार्यकारी निर्देशक चन्द्रा राई श्रेष्ठले बताइन् ।

नयाँगाउँ देउपुर भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्र भएकाले सो क्षेत्रमा खाद्यान्न र लत्ताकपडा बाँडिएको सङ्कल्प संस्थाकी उपाध्यक्ष लीली थापाले बताइन् । भूकम्प प्रभावित समयमा पुरुषभन्दा महिला बढी असुरक्षित हुने गरेको जानकारी दिँदै उनले पीडित महिलाका लागि संस्थाले राहतको पहल गरेको बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>