समाचारआइतबार, बैशाख २७, २०७२

कांग्रेस महाधिवेशन सारिने

हिमालखबर

नेपाली कांग्रेसको पूर्वनिर्धारित १३ औं महाधिवेशन केही समय सर्ने भएको छ ।

वैशाख १२ गते गएको महाभूकम्पले काठमाडौं उपत्यकासहित १४ जिल्लामा ठूलो मात्रामा क्षति पगेपछि कांग्रेसले पूर्वनिर्धारित महाधिवेशन सार्न लागेको हो ।

भूकम्पबाट अतिप्रभावित काठमाडौं, ललितपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, रसुवा, गोरखालगायत जिल्लामा तत्काल सदस्यता वितरणका साथै गाउँदेखि जिल्ला तहको अधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै सभापति सुशील कोइराला निकटका नेताहरु महाधिवेशन केही समय पार्नुपर्ने धारणा राख्दै आएका छन् ।

भदौ २४ देखि २८ सम्म काठमाडौंमा १३ औं महाधिवेशन गर्ने निर्णय गर्दै कांग्रेसले नगर, वडा, गाउँ अधिवेशन साउन १४ गते गर्ने निर्णय गरेको छ ।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>