समाचारआइतबार, बैशाख २७, २०७२

राष्ट्रिय विपत्तिको सामना गर्न राष्ट्रिय सरकारः पौडेल

हिमालखबर

Nepal Politicsनेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विपत्तिको सामना गर्नका लागि सबै दल मिलेर राष्ट्रिय सरकार गठन गर्ने कुरा उठेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले २७ वैशाखमा नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति पौडेलले सरकार परिवर्तन गर्न मात्र राष्ट्रिय सरकारको कुरा नउठाइएको स्पष्ट पारे ।

उनले भने, “सरकारको नेतृत्व परिवर्तनको कुरा होइन, राष्ट्रिय विपत्तिको सामना सबै एक भएर गर्नका लागिमात्र राष्ट्रिय सरकारको कुरा उठेको हो ।”

सरकारमा रहेका र बाहिर रहेका सबै दलका बीचमा सङ्कटबाट राज्यलाई उठाउन एकजुट भएर लाग्ने विषयमा संसद्माे सङ्कल्प प्रस्ताव पेससमेत गरिएको भन्दै पौडेलले सरकारको नेतृत्वका विषयमा यो विषम परिस्थितिमा कुनै कुरा नउठ्ने बताए ।

भूकम्प प्रभावितलाई राज्यका तर्फबाट गरिने उद्धार, राहत र पुनः निर्माणका काममा दलबीचमा एकमत रहेको भन्दै उनले यो विपत्तिलाई अवसरका रुपमा लिएर व्यवस्थित ढङ्गबाट नवनिर्माणको काममा एकजुट भएर गर्नुपर्ने धारणा राखे ।

कतिपयको अझै उद्धार हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उनले त्यस्ता विषयमा सूचना दिएर सरकारलाई सहयोग गर्न पत्रकारलाई आग्रह गरे ।

उपसभापति पौडेल सवारी दुर्घटनामा घाइते भएका वरिष्ठ पत्रकार कृष्ण केसीलाई भेट्न चितवन आएका हुन् । दुर्घटनामा केसीककी श्रीमतीको निधन भएको थियो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>