समाचारआइतबार, बैशाख २७, २०७२
काभ्रेलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको पराकम्प
२७ वैशाख दिउँसो ३ः२३ बजे काभ्रेलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको पराकम्प गएको छ ।
काठमाडौं नजिकै काभ्रे केन्द्र भएकोले काठमाडौंमा पनि यसको धक्का धेरैले महशुस गरे ।
ठूलो भूकम्प पछि गइरहने पराकम्पकै निरन्तरता यो पनि भएको र यस्तो सानो धक्काबाट आत्तिनु नपर्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आजै विहान ११ः८ बजे ४ म्याग्निच्यूडको पराकम्प (रसुवा केन्द्र), ६ः३४ मा ४.४ म्याग्निच्यूड (सिन्धुपाल्चोक केन्द्र) भएका पराकम्पहरु गएका थिए ।
गए राति १ः५० बजे ४.२ म्याग्निच्यूड (सिन्धुपाल्चोक/तिब्बत केन्द्र) र राति ३ः८ बजे ४.१ म्याग्निच्यूड (रसुवा केन्द्र) भएका पराकम्प गएका थिए ।

