समाचारसोमबार, बैशाख २८, २०७२

‘हवाइजहाजले पनि तर्साउँछ’

रासस

ospreyदुई साताअघि आएको विनाशकारी भूकम्पबाट त्रासमा रहेका काठमाडौंबासी राति उड्ने हवाइजहाजबाटसमेत त्रसित हुन थालेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न र लत्ताकपडा लिएर नेपाल आएका ठुल्ठुला हवाइजहाजले निकालेको आवाजले त्रसित हुने गरेको ललितपुर महालक्ष्मी–१७ का जय केसी हवाइजहाज बताउँछन् ।

“विदेशबाट आएका ठूला विमानले रातभर भूकम्प आएको महसुस हुन्छ, भूकम्प आएको केही दिनमा त फेरि भूकम्प आयो भन्दै हवाइजहाज आएको बेला केटाकेटी लिएर बाहिर निस्कें, आखिर भूकम्प रहेनछ, तै पनि रातभर निद्रै लागेन”, केसीले भने ।

केसीले आफूमात्र नभइ १६ र १७ दुवै वडाका मानिसको भागाभाग हुने गरेको बताए ।

यस्तै ललितपुर गोदावरीकी मैना थापाले पनि विदेशबाट आउने हवाइजहाज ललितपुरको आकाश हुँदै विमानस्थाल पुग्ने हुँदा निद्रा नलाग्ने बताउँछिन्‍ । भन्छिन, “हवाइजहाज आउँदा दुवै हातले कान थुन्नुपर्छ ।”

यसैगरी कैलाली धनगढी घर हाल काठमाडौँ सामाखुसी बस्ने पदम ऐरलाई पनि बारम्बार हवाइजहाजले तर्साउने गरेको छ । “खाना खाँदै थियौँ, भूकम्प आयो भनेर टाउको घोप्टो पारेर बसेको, थालको भात टाउकामै घोप्ट्यो, बाहिर हेर्दा भूकम्प नभएर आखिर हवाइजहाज रहेछ,” ऐरले भने ।

लमजुङ घर भई हाल काठमाडौँ रानीबारी बस्ने उषा न्यौपाने ठूला विमानले सुतेको बेला कोठाको झ्याल थरथर हल्लिने र भूकम्प आएको जस्तो भई डर मात्र लाग्ने बताउँछिन् ।

नागरिक उड्डयान प्राधिकरणका निमित्त महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले खाद्यान्न र लत्ताकपडा तथा उद्धारका लागि हेलिकप्टर ल्याउन ठूला विमानको प्रयोग गर्नुपरेको बताए ।

उनले भूकम्पपछि अन्य समयमा उड्ने हवाइजहाजभन्दा सामान ओसारपोसार तथा यात्रु ओसारपसारका लागि दुई विमानको ठाउँमा एउटै ठूलो विमानको प्रयोग गर्ने गरिएकाले ठूलो आवाज आउने गरेको बताउनुभयो ।

यस्तो ठूलो विमान रनवे १,५०० मिटरदेखि दुई हजार मिटरसम्मको भए पुग्ने भएकाले सानो ठाउँमा बस्दा ठूलो आवाज आउने गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>