समाचारसोमबार, कार्तिक २०, २०६९

महंगा लुगा-गहना लगाउनेको उपचार भएन

हिमालखबर

दुवै कान र नाकमा सुनका गहना लगाउनुका साथै रु पाँच हजारभन्दा माथि पर्ने साडी लगाएर शल्यक्रिया गराउन आएकाहरुलाई फर्काइएको आयोजक समितिका सदस्य राकेश झाले बताए । उनले भने, “शिविर गरिब र विपन्न वर्गका बिरामीको लागिमात्र हो । त्यसैले धनीलाई फर्काउने गरेका छौं ।”

धनी व्यक्तिहरु रुपैयाँ खर्च गरेर पनि शल्यक्रिया गराउन सकिने उनको भनाइ छ । वर्षौंदेखि बिरामी भएपनि उपचार गराउन नसकेका दलित र विपन्नका लागि शिविर सञ्चालन गरिएको भन्दै सुन लगाएका बिरामीलाई फर्काइएको हो । झाकाअनुसार, शिविरमा सुनका गहना र महंगा लुगा लगाएर शल्यक्रिया गराउन आएका २० जना बिरामी शल्यक्रिया नगराई फर्किनु पर्‍यो ।

संयुक्त राज्य अमेरिकाको अलोहा मेडिकल मिसन हवाईसँग  आबद्ध ४० जना चिकित्सकको टोली लहानमा आएर बृहत् निःशुल्क शिविर सञ्चालन गरिरहेका छन् । कात्तिक १४ गतेबाट सुरु भएको शिविर १० दिनसम्म चल्नेछ ।

शिविरमा पाठेघर, हर्निया, पत्थरी, पाइल्स, पित्तथैली, खुंडे ओठ र तालु, आगोले डढेर टाँसिएका अङ्गलगायतको शल्यक्रिया गर्ने गरिएको छ । शिविर सञ्चालन भएदेखि २० कार्तिकसम्ममा दाँतको समेत गरी ४६४ जनाको शल्यक्रिया गरिएको छ भने ११ जनालाई कृत्रिम हात बाँडिएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>