समाचारमंगलबार, बैशाख २९, २०७२

राष्ट्रिय सरकारको नेतृत्व गर्न ओलीको पहल

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालालाई विस्थापित गरेर आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पहल तीव्र पारेका छन्।

ओलीले सोमबार आफ्ना सहयोगी नेता विष्णु पौडेललाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न उनको निवास लाजिम्पाट पठाएका थिए।

स्रोतका अनुसार कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नै पार्टीका सभापति कोइराला नेतृत्वको सरकारलाई विस्थापित गरी आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहल बढाएको थाहा पाएपछि ओलीले पनि पहल तीव्र पारेका हुन्।

एमाओवादीप्रति कडा रूपमा प्रस्तुत हुँदै आएका ओली सरकारको नेतृत्व लिन पछिल्ला दिनमा नरम बन्दै गएका छन्। एमाले उपमहासचिव विष्णु पौडेलले भने बाटो पर्दा एमाओवादी अध्यक्ष दाहालको निवासमा प्रवेश गरेको बताए।

अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>