समाचारमंगलबार, बैशाख २९, २०७२
भूकम्पपछि बन्द विमानस्थल खुल्यो
२९ वैशाख दिउँसो गएको ७.४ म्याग्निच्युडको भूकम्प गएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
भूकम्प गएलगत्तै विमानस्थल बन्द गरिंदा केही उडानहरु भारततर्फ डाइभर्ट भएका थिए ।
अहिले विमानस्थल खुलिसकेको तथा उडान र अवतरण सुचारु रहेको विमानस्थलले जनाएको छ ।
