समाचारमंगलबार, बैशाख २९, २०७२
नेपालमा उद्धारका लागि तयार रहन मोदीद्वारा अाफ्ना अधिकारीहरुलाई निर्देशन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बन्धित निकायका अधिकारीहरुलाई भूकम्पमा परेकाहरुलाई उद्धार र खोजीका लागि तयार रहन निर्देशन दिएका छन् ।
नेपाल र भारतका केही क्षेत्रमा भूकम्प गएलगत्तै उच्च स्तरीय बैठक बोलाएर खोजी र उद्धारमा तयार रहन निर्देशन दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटमा उद्धारमा तयार रहन सम्बन्धित अधिकारीलाई निर्देशन दिएको जनाएका छन् ।
नेपालमा आज दिउँसो ७.४ म्याग्निच्युडको भूकम्प गएको छ भने सानातिना धक्काहरु म्हशुस भइरहेको छ ।
