समाचारमंगलबार, बैशाख २९, २०७२
सुनसरीमा एकको मृत्यु, भागदौडमा तीन घाइते
सुनसरीमा भूकम्पबाट एक जनाको मृत्यु भएको छ ।
६२ बर्षीया देवीकुमार राईको मृत्यु भएको हो । त्यहाँका पत्रकार लिलाराज भट्टराईका अनुसार भूकम्पपछि भएको भागदौडमा तीन जना घाइते भएका छन् । अन्य विवरण भने आइसकेको छैन ।
सोलुखम्बुमा तीन जना घाइते भएको जानकारी प्राप्त भएको छ । सदरमुकाम सल्लेरी र नाम्चे बजारका अधिकांश घरहरु भत्किएको देखिएको छ । तर, अन्य मानवीय क्षतिबारे भने जानकारी आइनसकेको प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले बताए ।
बुद्धबीर बाहिङ राई
