समाचारमंगलबार, बैशाख २९, २०७२
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आजको भूकम्प ६.८ म्याग्निच्यूडको
आज, २९ वैशाख दिउँसो १२ः ५० मा गएको भूकम्पको तिव्रता ६.८ म्याग्निच्यूड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अमेरिकन जियोलजिकल सर्भेले भने यसको तिव्रता ७.३ म्याग्निच्यूड रहेको बताएको छ ।
केन्द्रका अनुसार १२ः५० बजे ६.८, १ः२१ बजे ६.२, १ः५८ बजे ५.३ र २ः४४ बजे ५.३ म्याग्निच्यूडका कम्पनहरु गएका छन् ।

यूएसजीएसले भने ७.३ म्याग्निच्यूडको ठूलो भूकम्पपछि ६.३, ५.६, ५.४, ५.१ र ५.० म्याग्न्च्यिूडका कम्पनहरु गएका छन् ।
