समाचारमंगलबार, बैशाख २९, २०७२
१५ जेठसम्म शैक्षिक संस्था बन्द
शिक्षा मन्त्रालयले भूकम्पको पराकम्प आइरहेकाले आगामी १५ जेठसम्म शैक्षिक संस्थाहरु बन्द हुने जनाएको छ ।
२९ वैशाख दिउँसो गएको भूकम्पपछि विदा अवधि बढाइएको हो । शिक्षा मन्त्रालयको बैठकले महाभूकम्पपछि दिइएको विदा थप गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को आपत्कालीन बैठकले गरेको निर्णय अनुसार आजको भूकम्पबाट २० जिल्ला प्रभावित बनेको छ । उक्त जिल्लाहरुसहित अन्य प्रभावित जिल्लामा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि, १ जेठसम्मलाई शैक्षिक संस्थाहरु बन्द गरिएका थिए ।
