समाचारसोमबार, कार्तिक २०, २०६९

अब राष्ट्रपति अग्रसर हुनु पर्छः नेता महत

हिमालखबर

राजधानीमा २० कार्तिकमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले एमाओवादीले यत्तिकै कुनै हालतमा सत्ता नछाड्ने ठोकुवा गर्दै सहमतिको सरकार गठन गर्न सात दिने अल्टिमेटम दिने र सो अवधिमा सहमति नभए आफैं संविधानको धारा ३८ (१) बमोजिम सहमतिको सरकार गठन गर्न अघि बढ्नु पर्ने जिकिर गरे ।

उनले भने, “सहमति नभए राष्ट्रपतिले गतिरोध फुकाउन आफै ‘ईनिशिएसन’ लिएर निर्वाचन र सहमतिको सरकार घोषणा गर्नु पर्छ ।” अहिले मुलुककालागि राष्ट्रपतिको भूमिका  अत्यावश्यक भईसकेको भन्दै महतले थपे, “मैले बुझ्न सकिरहेको छैन राष्ट्रपतिले किन ढिलाई गर्नुभएको ?”

“राष्ट्रपतिले दलका शिर्ष नेताहरुलाई बोलाउँदै सहमति गर्नुस भनेर मात्रै हुँदैन,” महतले भने, “निश्चित समयभित्र नगरे म आफैं सक्रिय भएर निकास दिन्छु भनेर स्पष्ट भन्नु पर्छ ।”

निर्वाचनको मिति घोषणा, निर्वाचित हुनेको संख्या, निर्वाचनको विधि र राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा राष्ट्रपतिले दलहरुलाई समयसीमा तोक्नु पर्ने उनको भनाई थियो ।

संसद नभएको अवस्थामा अनियन्त्रित भएको सरकारलाई अंकुश लगाउने एक मात्र निकाय राष्ट्रपति भएको भन्दै माओवादीले अहिले राष्ट्रपतिलाई विवादमा ल्याएरे सत्ता कब्जाको अभिष्ट पुरा गर्ने रणनीति बनाएको महतले आरोप लगाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>