समाचारमंगलबार, बैशाख २९, २०७२
सिन्धुपाल्चोकमा मृतकको संख्या ९ पुग्यो
पछिल्लो भूकम्पमा परी मृत्यु हुनेको संख्या सिन्धुपाल्चोकमा ९ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार आज दिउँसो गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ९ पुगेको हो । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
१२ वैशाखको महाभूकम्पबाट बढी प्रभावित यो जिल्लामा आजको भूकम्पले पनि ठूलो क्षति गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले बताए । उनका अनुसार महाभूकम्पबाट बाँकी रहेका घरहरु पनि पूर्ण भत्किएको छ ।
