समाचारबुधबार, बैशाख ३०, २०७२
काठमाडाैं केन्द्रविन्दु बनाएर अर्काे पराकम्प
काठमाडौलाई केन्द्रबिन्दु बनाएर राति अर्काे पराकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति २ बजेर ७ मिनेट जाँदा काठमाडौँ आसपास केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको पराकम्पन गएको छ ।
१२ वैशाखमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उपत्यका नजिकका जिल्ला धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, भक्तपुर केन्द्रबिन्दु बनाएर चार रिक्टर स्केलमाथिका दर्जनाैं पराकम्प गएका थिए ।
विनाशकारी भूकम्पका पराकम्पन क्रमिकरुपमा कम भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको भएपनि मङ्गलबार दिउँसो गएको ६.८ रिक्टर स्केलको पराकम्पनपछि उपत्यकाको जनजीवन प्रभावित बनेको थियो ।
गएरातिनै ३ बजेर १० मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.९ र ४ बजेर ३८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.३ रिक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
