समाचारबुधबार, बैशाख ३०, २०७२

भूकम्पपछि उपत्यकामा चारको हृदयघाटबाट मृत्यु

हिमालखबर

उपत्यकामा २९ वैशाखको भूकम्पबाट आठ जनाको मृत्यु भएको छ । त्यसमध्ये चार जनाको भूकम्प आउँदा हृदयघातका कारण मृत्यु भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंमा पाँच, भक्तपुरमा दुई र ललितपुरमा एक जनाको मृत्यु भएको हो । एसएसपी नारायणसिंह खड्काका अनुसार नयाँबजारमा नरमाया घले, गोकर्णेश्वरमा दुर्गादत्त श्रेष्ठ, भक्तपुरको बालकोटमा नारायण भट्टराई र बोडेमा श्यामसुन्दर श्रेष्ठको हृदयघातबाट मृत्यु भएको हाे ।

हृदयघातबाट मृत्यु हुने सबै ६० वर्षमाथिका छन् । ठूलो भूकम्पबाट धेरै डराएर दौडधुप गर्दा हृदयघात भएकाले उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>