समाचारबुधबार, बैशाख ३०, २०७२

सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित

हिमालखबर

व्यवस्थापिका–संसद्को ३० वैशाखको बैठकले भूकम्पपीडितलाई राहत बाँड्ने र पुनःस्थापना गर्नेबारेको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

१२ वैशाखको विनाशकारी भूकम्पले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गर्दै सबै मतान्तर बिर्सिएर सहकार्य, सहमति र एकताका साथ कार्य गर्ने प्रतिज्ञासहित गत शनिबार सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

एकताबद्ध भएर राष्ट्रिय विपत्तिको सामना गर्ने सङ्कल्पका साथ व्यवस्थापिका–संसद्को बैठकले सङ्कल्प प्रस्तावमार्फत सरकारलाई निर्देशनसमेत दिएको छ ।

सरकारलाई दिएको निर्देशनमा भूकम्पपीडितको राहत, पुनःस्थापना र पुनःनिर्माणको कामलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्न सबै निकायलाई क्रियाशील एवम् प्रभावकारी बनाई समन्वय कायम गर्दै विस्तृत कार्ययोजनालाई चरणबद्ध रुपमा कार्यान्वयन गर्ने, भूकम्पका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई उचित राहत रकम अविलम्ब उपलब्ध गराउने, भूकम्पमा परी घाइते भएका व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्ने र यस क्रममा अपाङ्गता भएका व्यक्तिलाई थप राहत प्रदान गर्ने बुँदाहरु छन् ।

प्रस्तावमा लगातार तीन दिनसम्म विभिन्न सांसदले सहमति जनाउँदै छलफलमा भाग लिएका थिए ।

छलफलमा उठेका प्रश्नको उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले जवाफ दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>