समाचारसोमबार, कार्तिक २०, २०६९
ओलीको स्वास्थ्यमा सुधार हुँदै

उपचारका लागि भारत जानुअघि विमानस्थल जानेक्रममा विदाई गर्न आएका शुभेच्छुकहरुलाई हात हल्लाउँदै नेता केपी ओली। तस्बीरः विक्रम राई/हिमालखबर
ओलीका स्वकीय सचिव इन्द्र भण्डारीले ओलीको परीक्षणपश्चात मृगौलामा कुनै जटिलता नदेखिएको र अवस्था सामान्य हुँदै गएको जानकारी दिए । ओलीले खाना खाएको र भेट्न गएकाहरुसँग कुराकानी गरेको भण्डारीले बताए ।
मृगौला प्रत्यारोपणका रोगी भएकाले ओलीलाई काठमाडौंको नर्भिक अस्पतालमा उपचारपश्चात थप परीक्षण र उपचारका लागि १९ कार्तिकमा एअर एम्बुलेन्सबाट भारत लगिएको हो । ओलीको उपचार डा येतेन मेहताको नेतृत्वमा भैरहेको छ ।
