समाचारबिहीबार, बैशाख ३१, २०७२

हेलिकाेप्टर राेकिँदा बेलायत क्रुद्ध

हिमालखबर

नेपाल सरकारले तीन बेलायती सैनिक हेलिकोप्टरहरूलाई राहत तथा उद्धारका लागि नेपाल आउन अनुमति नदिएपछि दूतावास तथा उसका दातृ निकायहरूले सरकारमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब दिन थालेका छन्।

दूतावासका उच्चपदस्थ कूटनीतिज्ञहरूले आफूले आर्थिक तथा अन्य सहयोग प्रदान गर्दै आएका गैरसरकारी संस्था र नागरिक समाजलाई सरकारमाथि दबाब दिन आग्रह गरे पनि त्यस्तो दबाब अहिलेसम्म निस्फल भएको छ।

एक उच्चस्तरीय सरकारी स्रोतका अनुसार कर्नेल कुमार लामाको बेलायतमा गिरफ्तारी र मुद्दा चलाएको तथा बेलायती सेनाका एक उच्च पदाधिकारी (हाल सेवा निवृत्त) द्वारा सशस्त्र विद्रोहताका नै माओवादीसँग साँठगाँठ राखेको तथ्यका आधारमा बेलायती सैनिक जहाजलाई नेपाल आउन नदिने अनौपचारिक निर्णय नेपाल सरकारले गरेको हो।

त्यस्तै बेलायती सहयोग नियोग (डिफिड) का उच्च अधिकारीहरूले पनि आफ्ना विश्वासपात्र केही नेपाली पत्रकार र गैरसरकारी संस्थाका प्रतिनिधिहरूलाई आआफ्ना ठाउँबाट दबाब दिएर पनि जहाज भित्र्याउन सहयोग याचना गरेका छन्।

तीन बेलायती हेलिकाेप्टरहरु नेपाल सरकारकाे अनुमतिकाे प्रतीक्षामा केही दिनदेिख दिल्लीमा छन् । पटक–पटककाे बेलायती अनुराेधपछि पनि नेपाल सरकारले प्रवेशाज्ञा दिएकाे छैन ।

अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>