समाचारबिहीबार, बैशाख ३१, २०७२
बेपत्ता बनेकोे अमेरिकी हेलीकोप्टर खोज्न आकाश र जमिनबाट सेना प्रहरी परिचालन
२९ वैशाख दिउँसोबाट बेपत्ता बनेको अमेरिकी हेलीकोप्टर खोज्न नेपाली सेना र प्रहरी परिचालनलाई तीव्र पारिएको छ ।
संभावित क्षेत्रमा हेलिकोप्टरबाट र स्थलगत रुपमा खोजी भइरहेको दोलखा प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अजय केशीले बताए । उनका अनुसार लापिलाङ्ग, लामिडाँडा, सुनखानी, क्षेत्रपा, जुभुलगायतका क्षेत्रमा फौज परिचालन गरिएको छ ।
२९ वैशाखमा गएको भूकम्पमा मर्नेहरुलाई उद्धार गर्न गएको उक्त हेलिकोप्टर अझै नभेटिएको सरकारी प्रशासन र प्रहरी अधिकृतहरुले बताउँदै आएका छन् ।
तर, ३० वैशाख दिउँसो उक्त हेलिकोप्टर सुरक्षित भेटिएको जानकारी नेपाल विद्युत प्राधिकरणका उपनिर्देशक शेरसिंह भाटले बताएका थिए । नेपाली सेना, गृहप्रशासन र प्रहरीले उक्त अभिव्यक्तिको खण्डन गर्दै हराएको हेलिकोप्टर अझै नभेटिएको जनाएका छन् ।
