समाचारबिहीबार, बैशाख ३१, २०७२

घर भत्किएर पुरिएका परिवारै सकुशल उद्दार

हिमालखबर

दोलखामा सशस्त्र प्रहरीको टोलीले भत्किएको संरचनाबाट ६ जनाको जीवितै उद्धार गरेको छ ।

२९ वैशाखमा दोलखालाई केन्द्रविन्दुर बनाएर गएकाे ६.८ म्याग्निच्युडकाे भूकम्पमा दोलखाको सिङ्गटी बजारमा रहेको पाँचतले घर भत्किएर पुरिएका १६ वर्षीया सविता गुरुङ, दुई किशोरी र तीन किशोरलाई जीवितै उद्धार गरिएको हाे ।

भत्किएको घरमा मासु पसल, किराना पसल, चिया पसल, टिभी पसल, मोबाइल पसललगायतका पसल रहेका थिए । भूकम्पबाट उक्त घर भत्किएर पूर्णरुपमा क्षति हुँदा पुरिएका सबै छ जनालाई नै सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो ।

जीवित उद्धार गरिएकी सविता गुरुङ पूरै च्यापिएको अवस्थामा रहेकी थिइन् । उनको गोडा पूरै च्यापिएको थियो । उनको उद्धार गर्दा कपालसमेत काट्नुपरेको थियो । उनलाई सशस्त्र प्रहरी नायब निरीक्षक विष्णु दराईंको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो ।

६ जनालाई नै हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>