समाचारबिहीबार, बैशाख ३१, २०७२

तत्काल जस्तापाता उपलब्ध गराउन एमाओवादीकाे माग

हिमालखबर

एमाअाेवादीले आफ्ना सबै सभासद्लाई भूकम्प प्रभावित जिल्लामा राहत वितरणका लागि परिचालन गर्ने भएको छ ।

एमाओवादीको संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले भूकम्प प्रभावित १४ जिल्लामा आफ्ना सबै सभासद्लाई परिचालन गर्ने निर्णय गरेको हो ।

राहत वितरण प्रक्रिया प्रभावकारी नभएको, विभिन्न जिल्लाका दुर्गम क्षेत्रमा राहत वितरणमा चरम राजनीतिकरण भएको भन्दै एमाओवादीले कुनै पनि कमजोरी नगर्न र निष्पक्ष रुपमा राहत वितरण गर्न सरकारसँग माग गरेको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताए ।

राहत वितरण प्रक्रियालाई प्रभावकारी रुपमा अगाडि बढाउन र आवश्यक समन्वय तथा पुनःनिर्माण प्रक्रियालाई प्रत्यक्ष रुपमा नेतृत्व गर्ने हिसाबले केन्द्रीय नेतालाई यसअघि नै दिइएको जिम्मेवारीलाई यथावत राख्दै ती नेताको मातहत रहने गरी सभासद्लाई परिचालन गरिने उनको भनाइ छ ।

एमाओवादीले यसअघि नै भूकम्प प्रभावित १४ जिल्लाका लागि केन्द्रीय कमाण्डर नै तोकेर पठाएको थियो । यस्तै, एमाओवादीले मनसुन अगावै भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न र निःशुल्क रुपमा जस्तापाता वितरण गर्न समेत सरकारसँग माग गरेको छ ।

जस्तापाता उत्पादन गर्ने कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गराउन, तथा नपुगेका जस्तापाता छिमेकी मुलुकबाट आयात गरी हिमाली दुर्गम स्थानमा हेलिकोप्टरमार्फत पु¥याउन र सुगम स्थानमा स्थलमार्गबाट पु¥याउन संसदीय दलले आग्रह गरेको छ ।

राहत, पुनःनिर्माणलगायत कामलाई सरकारी संयन्त्रमार्फत नै प्रभावकारी रुपमा अगाडि बढाउन र सो प्रक्रियामा खटिएकालाई पारदर्शी र व्यावहारिक बनाउन पनि दलले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>