समाचारशुक्रबार, जेठ १, २०७२
हराएको अमेरिकी हेलिकोप्टरको खोजी कार्य जारी
भूकम्पपीडितको उद्धार तथा राहत सामग्री लिएर दोलखा गएको अमेरिकी सेनाको हेलिकोप्टर मङ्गलबारदेखि हराइरहेको र त्यसको खोजी कार्य जारी रहेको नेपाली सेनाले बताएको छ ।
हेलिकोप्टर दोलखाको सुनखानी गाविस नजिकै तामाकोसी नदीमा भएको आशंकामा खोजी कार्य तीव्र गरिएपनि हालसम्म त्यस बारेमा कुनै जानकारी नआएको सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले बताए ।
हराइरहेको उक्त हेलिकोप्टरमा नेपाली सेनाका दुई र अमेरिकी सेनाका ६ अधिकारी थिए । हेलिकोप्टर हराएको सूचना प्राप्त हुनासाथ त्यस क्षेत्रमा फौजलाई परिचालन गरी खोजी गरिएपनि हालसम्म हेलिकोप्टरका बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।
