समाचारशुक्रबार, जेठ १, २०७२
राहतमा गडबड गरे जेल हाल्छुः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि आएको राहत वितरणमा अनियमितता र पक्षपात पर्नेलाई जेल हाल्ने बताएका छन् ।
राष्ट्रिय सहकारी संघ लिमिटेडको तर्फबाट प्रधानमन्त्री दैवी प्रकाेप उद्धार कोषमा दिइएको सहयोग ग्रहण गर्दे उनले जेल हाल्ने बताएका हुन् ।
नेपालीमा एक अर्कालाई विपद पर्दा गाँस काटेर सहयोग गर्ने संस्कार रहेको उल्लेख गर्दे उनले भूकम्पले निम्त्याएको विपदको सामना गर्न सबै एक हुनुपर्ने बताए ।
नयाँ पत्रिका दैनिकबाट
