समाचारशुक्रबार, जेठ १, २०७२

युवाहरु राष्ट्र निर्माणमा लाग्नुहाेस्ः अाेली

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुक प्राकृतिक विपत्तिमा परेका बेला दृढताका साथ राष्ट्र निर्माणमा लाग्न युवालाई आह्वान गरेका छन् ।

पार्टी निकट युवा सङ्घ नेपालको २५औँ स्थापना दिवस (रजतजयन्ती) का अवसरमा आज सन्देश दिँदै उनले भूकम्पबाट उत्पन्न प्राकृतिक विपत्तिका बेला अत्तालिएर नभई सबैलाई हौसला दिई जनताका साथमा काममा लाग्न आग्रह गरे ।

२०४७ सालकाे आजकै दिन ओलीकै अध्यक्षतामा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका नामबाट सङ्घको स्थापना भएको थियो । पछिल्लो अधिवेशनपछि प्ररायुसङ्घ युवा सङ्घ नेपालमा परिवर्तन भएको हो ।

ती दिनको स्मरण गर्दै उहाँले प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलन र अनेक उतारचढाव व्यहोरेको युवा आन्दोलन अब विदेश पलायन हुने तथा कुलतमा फस्ने नभई सकारात्मक दिशातर्फ राष्ट्र निर्माणमा अग्रसर हुनुपर्ने बेला आएको बताए ।

उनले भने, “आज लाखौँ युवा यसको झन्डामुनि गोलबद्ध भएका छन्, राष्ट्रिय रुपमा यसको छवि बढेको छ र अन्तर्राट्रियस्तरमा व्यापक सम्बन्ध विस्तार भएको छ, यसले हामीलाई गौरवान्वित पनि बनाएको छ, म युवा नेतृत्व र सम्पूर्ण युवा साथीलाई अझै मेहनतपूर्वक काममा लाग्न अनुरोध गर्दछु ।”

प्ररायुसङ्घ र युवा सङ्घको नेतृत्व केशव स्थापित, उदयराज पाण्डे, गोकर्ण विष्ट, महेश बस्नेतले गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>