समाचारशुक्रबार, जेठ १, २०७२

संसदीय उपसमितिले काम थाल्यो

हिमालखबर

व्यवस्थापिका संसद्ले गठन गरेको अनुगमन तथा निर्देशन उपसमितिले महाभूकम्पपछिको अवस्थाबारे अध्ययन सुरु गरेको छ ।

३० वैशाखमा प्राकृतिक प्रकोप व्यवस्थापन अनुगमन तथा निर्देशन समितिले बनाएको अध्ययन तथा अनुगमन समितिले १ जेठबाटै काम थालेको हो ।

समितिका सदस्य तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिइसकेका छन् । उनले आजै काठमाडौंका केही स्थानकोे स्थलगत अनुगमन समेत गर्ने भएका छन् ।

यो समितिमा नेता नेपाल, शेखर कोइराला, दीपक बोहोरा, लक्ष्मण राजबंशी रहेका छन् । १२ वैशाख र २९ वैशाखमा गएको भूकम्पबाट काठमाडौंका साँस्कृतिक धरोहरहरु, सरकारी भवन लगायतका भौतिक संरचनाहरु, व्यापारिक भवनहरु, पुराना वस्ती तथा नीजि घरहरु सबै क्षेत्रमा भएको प्राकृतिक प्रकोपको व्यवस्थापन अनुगमन तथा निर्देशन दिने गरी उपसमितिले योजना बनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>