समाचारशुक्रबार, जेठ १, २०७२
कांग्रेस भूकम्प पीडित सहयोग कोषमा १५ लाख
नेपाली कांग्रेसले १२ वैशाखमा गएको महाभूकम्प पीडितका लागि सञ्चालन गरेको ‘नेपाली कांग्रेस भूकम्प पीडित सहयोग कोष’मा १५ लाख संकलन भएको छ ।
कांग्रेसको भातृ संगठन तथा व्यक्तिगत रुपमा उक्त सहयोग रकम जुटेको कांग्रेसले जनाएको छ । कांग्रेसका अनुसार कोषमा हालसम्म रु. १५,०५,९३१ जम्मा भएको छ ।
